काठमाडौं । गायक तथा अभिनेता रोबिन तामाङको निधन भएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै घरमा तामाङको शव भेटिएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने अहिले खुल्न सकेको छैन । प्रहरी स्रोतका अनुसार उनको शव कोठाभित्र घोप्टो परिरहेको अवस्थामा फेला परेको छ ।
कोठाको ढोका भित्रबाट चुकुल लगाएको पाएपछि परिवारले प्रहरीलाई खबर गरेको बताइएको छ । उनको मृत्यको कारण भने पोष्टमाटम पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
तामाङका जति माया लाए पनि, चिसो चिसो हावामा, भुलमा भुलियो लगायतका निकै चर्चित गीत रहेका छन् । यस्तै उनका छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत चलचित्रमा अभिनय गरेका छन् ।
FACEBOOK COMMENTS