काठमाडौँ । रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उत्कृष्ट खेलाडी बनेका छन् ।
लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाएका कप्तान पौडेलले यस सिजनमा २७६ रन बनाएका थिए भने १० विकेट लिएका थिए । रोहितले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक लिएका थिए । रोहितले कार र एक मोटरसाइकल उपहार पाएका छन् ।
त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान प्लेयर अफ द टुर्नामेन्टको अवार्ड पाएका छन् । ट्रम्पेलम्यानलाई ५ लाख नगद पुरस्कार दिइएको छ ।
त्यस्तै लुम्बिनीका तिलक राज भण्डारीले इमर्जिङ प्लेयरको अवार्ड पाएका छन् भने त्यस्तै प्रतियोगितामा १७ विकेट लिएका शेर मल्ललाई मोटरसाइकल पुरस्कार दिइएको छ ।

FACEBOOK COMMENTS