काठमाडौँ । भारतका सिनियर क्रिकेटर रोहित शर्मा र विराट कोहली घरेलु क्रिकेटमा फर्किएर शानदार प्रदर्शन गरेका छन् ।
बुधबार विराट र रोहितले विजय हजारे ट्रफीमा आआफ्नो टिमबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । विराट कोहलीले दिल्लीबाट आन्ध्र प्रदेशविरुद्ध खेल्दै १३१ रनको शतकीय पारी खेलेर आफ्नो टिमलाई जित दिलाएका हुन् । विराट १५ वर्षपछि घरेलु क्रिकेट खेलेका हुन् । उनले अन्तिम पटक २००९र१० सिजनमा दिल्लीका लागि खेलेका थिए ।
त्यस्तै अर्का सिनियर खेलाडी रोहित शर्मा ७ बर्षपछि मुम्बईका लागि खेल्दै १५५ रनको शतकीय पारी खेलेका छन् । सिक्किमविरुद्ध खेल्दै रोहितले मुम्बईको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले राष्ट्रिय टिमका सबै खेलाडीले घरेलु क्रिकेटको विजय हजारे ट्रफीमा खेल्न अनिवार्य गरेपछि रोहित विराट बर्षौं पछि घरेलु क्रिकेट खेलेका हुन् ।
FACEBOOK COMMENTS