काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । शनिबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य पछाएको भारतले ३८.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा रोहित शर्माले शतकीय पारी खेल्दै अविजित १२१ रन बनाए भने विराट कोहलीले अविजित ७४ रन बनाएका थिए । त्यस्तै कप्तान शुभमन गिलले २४ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले माट रेनशाको ५६ र कप्तान मिचेल मार्शको ४१ रनको मद्धतले ४६.४ ओभरमा अल आउट हुदै २३६ रन बनाएको थियो । त्यसैगरी भारतीय बलर हर्षित रानाले ४ विकेट लिए भने वाशिंटन सुन्दरले २ विकेट लिएका थिए । योसँगै अस्ट्रेलियाले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।
अब भारत र अस्ट्रेलियाबीच ५ खेलको टी–२० सिरिज हुने छ । सिरिजको पहिलो खेल अक्टोबर २९ मा हुने छ ।

FACEBOOK COMMENTS