काठमाडौँ । आईसीसी लिग २ को अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले लगातार तेस्रो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन्।
सातौं ओभरको पाँचौ बलमा यूएई कप्तान मोहम्मद वासिमले रोहितलाई क्याचआउट गराए।
यसअघि नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको थियो। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए।
त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र भीम सार्की क्रिजमा छन्।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
FACEBOOK COMMENTS