काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।
पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । प्रतियोगिताभरिको रोहितको अलराउन्ड प्रदर्शनका लागि रोहितलाई आधिकारिक रूपमा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” घोषित गरिएको थियो ।
यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ । दिपेन्द्र एनपीएलको पहिलो सिजनमा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” चुनिएदेखि नै ब्रान्डका लागि एक बलियो स्तम्भको रूपमा रहँदै आएका छन् ।

FACEBOOK COMMENTS