काठमाडौं । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी– २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।
भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो । आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।
रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् ।
उनले भने, ‘म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।’
रोहितको कप्तानीमा भारतले २०२४ को टी–२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।

FACEBOOK COMMENTS