काठमाडौँ– उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको ‘जब फेयर २०२३’ सुरु भएको छ । आज र भोलि सञ्चालन हुने सो मेलामा विभिन्न नामक कम्पनीले ५४ वटा स्टल राखेको र उनीहरुलाई ७ सय बढी कर्मचारीको अवश्यताक रहेको महासंघले जानकारी दिएको छ ।
एसोशिएट उपाध्यक्ष हेमराज ढकालले युवालाई रोजगार र व्यापारमा जोड्नको लागि मेलाको आयोजना गरेको बताउँदै उनले भने, ‘सीप र क्षमता भएका तर रोजगार नपाइ रहेको मान्छेहरूका लागि मेला उपयुक्त हुनेछ ।’
ढकालका अनुसार मेलामा कोही पनि व्यक्तिले विभिन्न नामका कम्पनीले राखेका स्टलको अवलोकन गरी रोजगार सुनिश्चित गर्न सक्ने छन् । ‘अवलोकनमा पुगेकाहरूको छनोट कम्पनी आफैले गर्ने छ, कम्पनीको आवश्यकता अनुसार विभिन्न पदमा कर्मचारीको छनोट गरिने छ,’ उनले भने ।
यस्तै, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाले कामको खोजीमा विदेश जानु पर्ने बाध्यतालाई अन्त्य गरी नेपालमा नै रोजगार दिन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
रोजगारी सिर्जनामा ८५ प्रतिशत निजी क्षेत्र भूमिका रहेको उनी बताउँछन् ।
FACEBOOK COMMENTS