काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
रास्वपाकी श्रेष्ठले २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत ल्याएका छन् ।
यस्तै कांग्रेसका देवेन्द्र पाठकले २ हजार २१४ मत पाएका छन् ।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत, राप्रपाका श्यामकृष्ण श्रेष्ठले १ हजार ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएको निर्वाचन अधिकृतले जानकारी दिए ।
यो वडामा यसअघि कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।
FACEBOOK COMMENTS