काठमाडौँ । रोयल इन्फिल्डको तीन नयाँ मोटरसाइकल पुन: सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा आयोजित कार्यक्रमका बीच ३५० सीसी क्षमताको उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
उक्त मोटरसाइकल त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मेटिओर फायरबल, मेटिओर स्टिलअर र मेटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् ।
मेटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको छ । यी मोटरसाइकलमा ३ सय ४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, Electronic Fuel Injection (EFI) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २० दशमलव २ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने डुअल डिस्कब्रेक दिएइएको छ ।
यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने जनाइएको छ ।
FACEBOOK COMMENTS