काठमाडौं । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले #Inspire_Inclusion भन्ने मुल नाराका साथ ‘रोयल इन्फिल्ड लेडी राइड’ कार्यक्रम आयोजना गरेको छ ।
सो राइडमा २२ विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडी बाइकर्स सहभागी भएका थिए। सो कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा जनचेतना, सिष्टमेटिक राइडको प्रवद्र्धन, विमेन इम्पावरमेन्ट इन्स्पायर इन्क्लुजन र टु ह्विल राइड टुरिजम प्रवद्र्धन गर्नु रहेको अल्फा अटोमोटिभले बताएको छ ।
गत शनिबार बिहान ८:३० बजे रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरु भएको सो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबारमार्ग, कमलपोखरी, कालोपुल, गौशाला,, चावहिल, बौद्ध, जोरपाटी हुदै ग्रान्ड नोरलिङ रिर्सोट गोकर्ण सम्मको रहेको थियो ।
नोरलिङ रिसोटमा लेडी राइडर्स बिच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो । यी मध्ये बाइक पुश कम्पिटिसनको बिजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसनका बिजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसन गेमका बिजेता बर्षा कार्की रहेका थिए ।
सहभागी एवं विजेतालाई सहभागिताको प्रमाणपत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिङ पन्जा, पासपोर्ट होल्डर आदि प्रदान गरिएको थियो ।
FACEBOOK COMMENTS