काठमाडौं । काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभा सुरु भएको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, सङ्घघीयता खारेजीको माग गर्दै सभा आयोजना गरिएको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेसँगै सभा सुरु भएको हो । सभामा अध्यक्ष लिङ्देनसहित नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।
पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् ।
FACEBOOK COMMENTS