काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछिका उच्चपदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार राप्रपाले औपचारिक रूपमा सम्पत्ति शुद्धीकरण विभागमा २०४६ सालपछिका उच्चपदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न निवेदन दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले हरिहर भवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ ।
FACEBOOK COMMENTS