काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । दुई पार्टीबीच बुधबार एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले जानकारी दिएका छन् ।

FACEBOOK COMMENTS