काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् । पत्रकार सम्मेलनमा उनले विज्ञप्ति बाचन गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखे । नले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताए । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढ्ने डा . लोहनीको प्रस्ताव छ ।
FACEBOOK COMMENTS