काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुख र संसद बिचौलियाको पक्षमा उभिएको बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले सभामुख र संसद बिचौलियाको पक्षमा उभिएको आरोप लगाउदै आफुहरुले संसद बहिष्कार गरेको बताएका हुन् ।
उनले भने, ‘भिजिट भिसा प्रकरणमा नेपाली नागरिकहरु विक्रीमा परेका छन् । सरकार स्वयम् संलग्न छ भन्ने कुरा पछिल्ला तथ्य र प्रमाणले देखाएको छ । अहिले संसदमा हामीले भिजिट भिसा प्रकरणमा आवाज उठाउँदै गर्दा सभामुखले अनदेखा गर्दै सभामुख र संसद् विचौलियाको पक्षमा उभिएपछि हामीले संसद् बहिस्कार गर्यौँ ।’
शाहीले ३४–३५ जना सांसदले भिजिट भिसाको विषयमा आवाज उठाइरहेको विषयलाई सभामुखले अनदेखा गर्दै दादागिरी शैलीमा संसद चलाएको आरोप लगाए ।
आज आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा नाराबाजी गरिरहेको बेला सभामुखले बैठक अगाडि बढाएपछि राप्रपा बैठकबाट बाहिरिएको थियो ।
यसअघि आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको आरोप लगाएका थिए । उनले रास्वपाको नाराबाजीका बीच संसद अगाडि बढाउन नहुने बताउँदै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेको बताएका थिए ।
FACEBOOK COMMENTS