काठमाडौं । राप्रपा नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धि रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु काठमाडौं आईपुगिसक्नुभएको छ’, बर्तौलाले भने । अन्य समयको केन्द्रीय समितिको बैठकमा जस्तो यो बैठकमा सचिवालय,संगठन र आर्थिक लगायतका प्रतिबेदन पेश हुने छैनन्, आन्दोलन केन्द्रित बिषयमा मात्र छलफल हुने पार्टीले जनाएको छ । जेठ १५ गतेको आन्दोलनलाई ब्यवस्थित , प्रभाबकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिनेछन् ।
FACEBOOK COMMENTS