मकवानपुर । राजसंस्था फर्काउने अभियान तीव्र बन्दै जाँदा गणतन्त्रको मुख्य मसिया ठान्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ ।
केही दिनयता राजा ज्ञानेन्द्र र राजसंस्थाविरुद्ध कडा टिप्पणी गर्दै आएका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको तस्बिर राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवक सङ्गठनका सदस्यसचिव निराजन बम पलाँताले जलाएका हुन् । सङ्गठनको शनिबार हेटौंडामा आयोजित जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका हुन् ।
पछिल्लो केही दिनयता प्रचण्डले दिँदै आएको सार्वजनिक अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र पूर्वराजालाई अनावश्यक रुपमा आरोप–प्रत्यारोप लगाएको उनको भनाइ छ । कार्यक्रममा राप्रपाका प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह पनि सहभागी थिए ।
यो पनि पढ्नुहोस्–
‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्’
FACEBOOK COMMENTS