काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ ।
आज बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो ।
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखेको सर्वोच्चको ठहर छ ।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिलटन होटेल खरिद गर्न लागेको भन्नेबारे फेसबुकमा लेखेका कारण केसीलाई गत शुक्रबार पक्राउ गरिएको थियो ।
FACEBOOK COMMENTS