काठमाडौं । राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।
मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने निर्णय पनि भएको छ ।
राप्रपाले समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान रहेको वार्ता समिति गठनसमेत गरेको छ ।
FACEBOOK COMMENTS