काठमाडौँ । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् ।
सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा (माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा (एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
प्रदेशसभा र समानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ ।
FACEBOOK COMMENTS