काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेश सभा सांसद कंचन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो। राप्रपाकी सांसद विच्छा एमाले नेतृत्वको यसअघिको सरकारमा मन्त्री बनेकी थिइन् ।
पार्टी निर्णयबिना सरकारमा सहभागी भएको भन्दै राप्रपाले उनलाई स्पष्टीकरण सोधेर कारबाही गरेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनले विच्छालाई सरकारबाट फिर्ता आउन निर्देशन दिएका थिए ।
राप्रपाले गरेको कारबाहीविरूद्ध विच्छाले सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले मंगलबार यसबारे कारण देखाउ आदेश जारी गरेको हो ।
FACEBOOK COMMENTS