काठमाडौै । उच्च अदालत पाटनको आदेशपछि रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्विरोध निर्वाचित भएका छन् ।
समयमा नै निर्वाचन हुन नसकेपछि सहमतिको आधारमा स्ववियु निर्वाचन भएको हो ।
आरआरमा लोकेश कुमार खड्काको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन भएको छ । नयाँ कमिटिको उपाध्यक्षमा संगम कुमार लामा, सचिवमा शैलेन्द्र उपाध्याय, सह सचिवमा सुरेश रोकाया, कोषाध्यक्षमा अम्बिका अधिकारी रहेका छन् । सदस्य १६ जना रहेका छन् ।
FACEBOOK COMMENTS