काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आइपिएलमा राजस्थान रोयल्सले उत्कृष्ट शुरुवात गर्दै यसअघिका तीन खेल नै जितेको छ । राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई, दोस्रो खेलमा गुजरात टाइटन्सलाई र तेस्रो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले पनि शानदार शुरुवात गर्दै यसअघिका आफ्ना दुवै खेल जितेको छ । बैंगलुरुले पहिलो खेलमा सनराइजर्स हैदरावाद र दोस्रो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो ।
रियान परागको कप्तानीमा रहेको राजस्थान र रजत पाटीदारको कप्तानीमा रहेको बैंगलुरु दुवै यस सिजनमा उत्कृष्ट लयमा देखिएका छन् ।
सम्भावित प्लेइङ ११:

राजस्थान रोयल्स: यशस्वी जैसवाल, वैभव सूर्यवंशी, रियान पराग (कप्तान), ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, रवीन्द्र जडेजा, डोनोभान फरेरा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, सन्दीप शर्मा र रवि बिश्नोई ।

रोयल च्यालेन्जर्स बैंगलुरु: रजत पाटीदार (कप्तान), विराट कोहली, भुवनेश्वर कुमार, क्रुनाल पाण्डेय, फिल साल्ट, जितेश शर्मा, रोमारियो शेफार्ड, सुयाश शर्मा, टिम डेविड, ज्याकब डफी, देवदत्त पाडिकल र अभिनन्दन सिंह ।