काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता कार्य तत्काल बन्द गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार रास्वपाका तर्फबाट बुझाइएको सुझावपत्रमा सो माग गरिएको हो ।
सहकारी र लद्युवित्त संस्थाको समस्या समाधानका निम्ति नीतिगत उपाय र योजना पार्टीका तर्फबाट बुझाइएको छ । पार्टीले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र विस्तार अनुमति र सेवा केन्द्र स्वीकृतिको काम तत्काल बन्द गर्न आग्रह गरेको छ ।
पार्टीले नागरिकलाई सहकारीपीडित हुन नदिन कर्जा असुली न्यायाधिकरणको गठन र कर्जा सूचना केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । ५० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने सहकारीलाई तीन वर्ष नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा राख्नुपर्ने सुझाव पनि दिइएको छ ।
सुझावपत्रको पूर्णपाठ
https://drive.google.com/file/d/1UXAm-yFXa2XkTqMDsgvDjvn7MGfN5Vrl/view
FACEBOOK COMMENTS