काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही केन्द्रीय विभागहरूमा जिम्मेवारी हेरफेर गरको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय विभागहरूमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
जसअनुसार नीति तथा विचार विभाग प्रमुख डा. स्वर्णिम वाग्ले र उपप्रमुख सन्तोष परियार बनेका छन् ।
त्यस्तै, कृषि विभागको प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजक श्रीराम न्यौपाने बनेका छन् ।
FACEBOOK COMMENTS