भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा सुरू भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको बैठक भैरहवाको रमादा होटलमा सुरू भएको हो ।
रास्वपाले आगामी कार्तिकमा हुने रुपन्देही–३ को उपनिर्वाचनलाई ध्यानमा राख्दै भैरहवामा नै संसदीय दलको बैठक बसेको छ ।
यस अघि रास्वपाका सांसदहरुले सामुहिक रुपमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेट गर्न खोजे पनि कारागार प्रशासनले नदिएपछि कार्यवाहक सभापति डीपी अर्याल र सोबिता गौतमले मात्र भेट गरेको बताइएको छ ।
FACEBOOK COMMENTS