काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) दुईजना नेताले राजीनामा दिएका छन् ।
पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा भएको आगजनी र तोडफोड प्रकरणमा संलग्नताको प्रमाण सार्वजनिक भएपछि पार्टीका नगर सभापति बिवेक भट्टराई र वडा इञ्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गर्दै राजीनामा दिएका हुन् ।
भदौ २४ गते पूर्वमेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापालगायतका घरमा आगजनी गरिएको थियो । ती घटनाको नेतृत्व नगर सभापति भट्टराई र वडा इञ्चार्ज तिमल्सिनाले गरेको प्रमाण फोटो तथा भिडिओमार्फत बाहिरिएपछि उनीहरूले जिम्मेवारी स्वीकार्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
रास्वपा छोड्दै सुमनाले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई के भनिन् ?
FACEBOOK COMMENTS