काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ ।
शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् ।
बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रास्वपाका हालसम्म २ लाख ४१ हजार ७९९ सदस्य रहेका छन् । जसमा प्रमाणित सदस्यको संख्या एक लाख ७३ हजार ५९ रहेका छन् । जसमा १४ प्रतिशत महिला रहेका छन् ।
त्यस्तै रास्वपाका ७४ जिल्ला समिति रहेका छन् । रास्वपाले अहिलेसम्म डोल्पा, मनाङ र मुस्ताङमा जिल्ला समिति बनाएको छैन । त्यस्तै प्रतिवेदनमा रास्वपाले ७५३ पालिका मध्ये २८९ पालिका र ४ हजार ४८७ वडामा संघठन निर्माण गर्न नसकेको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS