काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
उनी शुक्रबार पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममार्फत पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशपछि बोल्दै उनले सभापति रवि लामिछानेलाई फसाइएको बताए ।
रास्वपालाई देशको नेतृत्व गर्ने पार्टी बनाउनुपर्नेमा जनताले विचार गर्नुपर्ने उनको भनाइ छ ।
आफूले प्रहरी सेवामा रहँदा आर्जन गरेको अनुभव लागु गर्ने बताए ।
FACEBOOK COMMENTS