काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय वैठक पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा सुरू भएको छ । समानुपातिक सांसदको नाम छनोटका लागि वैठक बसेको हो ।
आजको बैठकमा सभापति रवि लामिछाने ‘भर्चुअल’ रूपमा जोडिएका छन् । उनी स्वास्थ्य अवस्थाका कारण कार्यालय आउन नसकेका हुन् । लामिछानेलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको छ । उनले घरमै बसेर राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।
सभापति लामिछानेको अनुमति लिएर उपसभापति डीपी अर्यालले बैठक सुरूवात गरे । बैठकमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य लगायत अन्य सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ । वरिष्ठ नेता बालेन्द्र साह भने आएका छैनन् ।
FACEBOOK COMMENTS