काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरू भएको छ। वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा केन्द्रीय पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा र विधान संशोधनजस्ता सांगठनिक एजेन्डाहरूमा छलफल हुने बताइएको छ।
यो बैठकका नौ एजेन्डा रहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा ‘रिपोर्टिङ’ गर्न २० केन्द्रीय सदस्य प्रत्येकलाई दुई मिनेटको समय छुट्ट्याइएको छ । आइतबार रास्वपाको सचिवालय बैठक बसेको थियो ।


