रास्वपाको सचिवालय बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक सुरू भएको छ ।रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक केहीबेरअघि केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा सुरू भएको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।