काठमाडौं– सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेल विजयी भएका छन्।
गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरेका छन्। नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गरिन्।
FACEBOOK COMMENTS