काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन् ।
सभापति रवि लामिछानेले कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर छुटेका छन्।
शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।