काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गरेको छ ।
रास्वपाका प्रवक्ता मनीष झाले सोमबारको बैठकको लागि प्रस्तावित कार्यसूची तय गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।
बैठकका लागि रास्वपाले ९ बुँदे एजेन्डा तय गरेको छ ।
जसमा पार्टी गतिविधिको ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टीङ तथा केन्द्रीय समिति पदाधिकारीको मनोनयनका विषयमा छलफल हुने उल्लेख छ ।

यी हुन् रास्वपाको केन्द्रीय समिति बैठकका प्रस्तावित कार्यसूची :

१. पार्टी गतिविधि ब्रिफिङ ।
२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा ।
७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९. विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।
