काठमाडौं । सल्यानमा चुनावी प्रचारमा हिँडेको जिपमा रक्सी बरामद भएको बारे राष्ट्रिय स्वतन्त्र पार्टीले मुख खोलेको छ ।
सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपाले बरामद भएका सामान स्थानीय व्यापारीको भएको दाबी गरेको छ । ढुवानी खर्च लिएर ती सामान गाडीमा बोकिएको विज्ञप्तिमा उल्लेख छ ।
’चुनावको दौरानमा प्रयोग गरिएको उक्त गाडीको साहुले ढुवानी खर्च प्राप्त गरी व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र ढुवानी गरेको हो ।
यसमा हाम्रो पार्टीको कुनै संलग्नता नभएको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ’, रास्वपाले भनेको छ ।
साथै, रास्वपाले घटनाको वास्तविकता छानबिनको लागि प्रशासनलाई सघाउन तयार रहेको पनि जनाएको छ ।



FACEBOOK COMMENTS