काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय मर्यादा सिकाउन आफ्ना नवनिर्वाचित सांसदलाई अभिमुखीकरण तालिम दिइरहेको छ ।
मंगलबार देखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको अभिमुखीकरण आज समापन हुँदैछ ।
हिजो रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए ।
मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित भई सम्बोधन गर्ने बताइएको थियो ।
तर, कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित नहुने भएका छन् ।

रास्वपा प्रवक्ता मनिष झाले अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति लामिछाने सहभागी हुने भएपनि वरिष्ठ नेता शाह सहभागी नहुने जानकारी दिए ।

FACEBOOK COMMENTS