काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा दलिततर्फका उम्मेदवार डा.राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बन्दसूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् । ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’ उनले उल्लेख गरेका छन् ।
तर उनले राजनीतिलाई केवल अवसर प्राप्त गर्ने माध्यमका रूपमा नहेर्ने स्पष्ट पारेका छन् । डा.रामका अनुसार राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि अझै बढी पीडित, अझै कम सुनिएका आवाज संसदभित्र पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् ।
FACEBOOK COMMENTS