काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई टिकट दिएको छ ।
गत निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा स्वतन्त्र चुनाव लडेका ढकाल यस पटक भने गुल्मी–१ मा उम्मेदवार बनेका हुन् ।
गुल्मी– १ मा अब उनको प्रतिष्पर्धा एमालेका प्रदीप ज्ञवालीसँग हुने भएको छ । यस क्षेत्रमा गत निर्वाचनमा काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए ।
काँग्रेसले अझै टिकट टुंगाउन बाँकी रहेको छ ।
FACEBOOK COMMENTS