काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।
बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ । उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकलगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ ।
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। दिउँसो ३:१५ बजेबाट सुरु हुनेगरी सभापति रवि लामिछानेले भर्चुअल बैठक बोलाएका हुन्।
रास्वपाले केही बेरअघि मात्रै उज्यालोसित एकता भंग भएको एकतर्फी घोषणा गरेको थियो। बैठकमा पार्टी एकता, समायोजन सम्बन्धसहित विभिन्न विषयमा छलफल हुने प्रवक्ता मनिष झाले बताए।


FACEBOOK COMMENTS