काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उम्मेदवार टुंगाइरहेको छ ।
रास्वपाले अहिलेसम्म टुंगो लगाएकामा झापा– ५ बाट बालेन्द्र शाह (बालेन)
लाई उम्मेदवार बनाएको छ भने झापा– १ मा निशा डाँगी, झापा– २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा– ३ मा प्रकाश पाठक, झापा– ४ मा शम्भु सुस्केरा ढकाललाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी रास्वपाले धनुषा– ३ बाट प्रवक्ता मनिष झालाई उम्मेदवार बनाएको छ भने गणेश कार्कीलाई मोरङ–३ बाट उम्मेदवार बनाएको छ । त्यस्तै मोरङ– १ मा अधिवक्ता यज्ञमणि न्यौपानेलाई टिकट दिएको छ । त्यसैगरी ओखलढुङ्गामा विश्वराज पोखरेल उम्मेदवार बनेका छन् भने स्याङ्जा– १ मा धनन्जय रेग्मी, बागलुङ– २ मा सोम शर्मा, रामेछापमा डा. कृष्णहरि बुढाथोकी उम्मेदवार छन् ।
त्यस्तै बाजुरामा हेमराज थापालाई टिकट दिइएको छ भने तनहुँ क्षेत्र नम्बर १ मा उपसभापति स्वर्णिम वाग्ले, तनहुँ– २ श्रीराम न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै धादिङ–२ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् भने नुवाकोट–१ मा डा. विक्रम तिमिल्सिना र नुवाकोट– २ मा डा. अच्युतम लामिछानेले टिकट पाएका छन् । त्यसैगरी दाङ–३ मा कमल सुवेदीले टिकट पाएका छन् भने लमजुङमा धर्म केसी र नवलपुर– १ मा राजन गौतमलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी जुम्लामा विनिता कठायत, दोलखामा इञ्जिनियर जगदीश खरेल उम्मेदवार बनेका छन् ।

त्यस्तै ताप्लेजुङमा विरेन्द्र श्रेष्ठ, उदयपुर–२ मा सुर्यबहादुर तामाङ, काठमाडौँ– ६ मा शिशिर खनाल, काठमाडौँ– ७ मा गणेश पराजुली, काठमाडौँ– ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ– ९ मा डिपी अर्याल, चितवन–१ मा हरि ढकाल, चितवन–२ मा रवि लामिछाने, चितवन–३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ ।

कञ्चनपुर– १ ,आ जनकसिंह धामी, कञ्चनपुर–२ मा दीपक बोहोरा र कञ्चनपुर– ३ मा ज्ञानेन्द्र महतालाई टिकट दिइएको छ भने कैलाली– १ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारु, कैलाली–४ मा हरि रेग्मी र कैलाली–५ मा आनन्द चन्द उम्मेदवार बनेका छन् ।

त्यस्तै रास्वपाले बाँके–३ मा खगेन्द्र सुनार, कास्की–२ मा उत्तम पौडेल र रुपन्देही–३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।
FACEBOOK COMMENTS