काठमाडौं । आज (शनिबार) पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली चल्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबार २ घन्टाको लागि आरटीजीएस प्रणाली चल्ने छ ।
शनिबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म चल्ने छ । शनिबार विकास ऋणपत्र २०७९ ‘ख’ र २०८१ ‘क’ ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालु गरिएको हो ।
आरटिजीएस प्रणाली ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले आरटिजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गरि उपलब्ध फारम भर्नुपर्ने छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।
FACEBOOK COMMENTS