काठमाडौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा उनले सभामुख डोल प्रसाद अर्याल मार्फत शपथ ग्रहण गरेकी हुन् ।
शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी छन् ।
उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित सांसद हुन् ।

