काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी हुन् ।
उपसभामुख ठाकुरले आफ्नो एक महिनाको पारिश्रमिक सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन् ।