काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
सभापति गगन थापाको चाहनाअनुसार कांग्रेसले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
ठाकुरको पक्षमा मतदान गर्ने प्रस्तावको समर्थन गर्न कांग्रेस सांसद बासना थापाले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछिन् ।