काठमाडौं । महायज्ञका लागि दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटीमा रिहा भएका छन् ।
सिरहा जिल्ला अदालतको आदेशअनुसार उनीहरू जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन् ।
चैत ८ गते जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरूमाथि अदालतमा थुनछेक बहस भएको थियो । अदालतले आगामी १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको छ ।
गत फागुन १० गते औरही–५ मा स्थानीय दीपक मल्लिक (डोम) को घर महायज्ञका लागि भन्दै डोजर लगाएर भत्काइएको थियो । घटना सार्वजनिक भएपछि प्रहरीले कारबाही थालेको थियो । घटनाका मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरङ्गी बाबा भने अझै फरार छन् ।
FACEBOOK COMMENTS