काठमाडौं । जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावी हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । यसपछि जर्मनीले रुसी राजदूतलाई समन गरेको छ ।
जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा भएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन् ।
प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको पनि आरोप लगाए ।
जर्मनीले युरोपेली साझेदारहरूसँग मिलेर रूसलाई आफ्नो ‘हाइब्रिड कार्यहरू’ को मूल्य चुकाउन प्रतिशोध लिने बताएको छ । यी आरोपहरूको बारेमा रूसबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

FACEBOOK COMMENTS