काठमाडौँ । रुसको आक्रमणमा परी युक्रेनमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार राति किभमा भएको रूसी आक्रमणमा दुई बच्चासहित आठ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
जेलेन्स्कीले रूसले वार्ताको टेबलको सट्टा ब्यालिस्टिक मिसाइल रोजेकोु टिप्पणी गरेका छन् । उनले रूसमाथि नयाँ र कडा प्रतिबन्धु लगाउने आवश्यकता पनि दोहोर्याए ।
त्यस्तै किभका मेयर भिटाली क्लिट्स्कोले ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमणमा कम्तिमा ३८ जना घाइते भएको बताएका छन् ।
यो मिसाइल आक्रमण त्यस्तो समयमा भएको हो जब बुधबार रूसी ड्रोन आक्रमणबाट युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति पुगेको थियो, जसका कारण एक लाखभन्दा बढी युक्रेनी घरहरूमा बिजुली गुमेको थियो ।
FACEBOOK COMMENTS