काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धमा रुसको व्यवहारबाट आफू अत्यन्तै निराश भएको बताएका छन् ।
ट्रम्पले रुसले ५० दिनभित्र कुनै सम्झौता नगरेमा रुसमा भारी कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले यसलाई दोस्रो कर भनेका छन् र यो १०० प्रतिशतसम्म हुन सक्ने बताएका छन् ।
ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य होस् भन्ने चाहेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई निराश बनाएको बताएका छन् ।
उनले पुटिनसँग बारम्बार कुरा गरेको र युद्ध समाप्त हुने सम्भावना देखेको बताएका थिए । तर, उनले किएभमा मिसाइल आक्रमण नरोकिएसम्म यी सबै वार्ताहरू केवल वार्ता मात्र रहने बताए ।
ट्रम्पले अब युक्रेनलाई अर्बौं डलर मूल्यका हतियार दिइने समेत बताए । ट्रम्पले युक्रेनलाई हतियार दिने विषयमा अमेरिकाले नेटोलाई हतियार पठाउने र नेटोले यी हतियारहरूका लागि भुक्तानी गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS